ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग « Khabarhub

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्।

मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले आजदेखि ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

मुआब्जा माग गर्दै गठित अनिश्चितकालीन धर्ना सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीले विगत १२ वर्षदेखि मुआब्जा उपलब्ध गराउने आश्वासन पाउँदै आए पनि माग पूरा नभएपछि बाध्य भएर धर्ना सुरु गर्नुपरेको बताए।

उनीले आफूहरूको माग सम्बोधन नभएसम्म धर्ना जारी रहने बताए।

पीडितहरूले ड्राइपोर्टको मुख्य ढोकामा धर्ना सुरु गरेपछि ट्रक, कन्टेनरलगायत मालबाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ। धर्नाका कारण ड्राइपोर्टको नियमित सञ्चालन तथा आयात–निर्यातका लागि हुने ढुवानी सेवासमेत प्रभावित भएको जनाइएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ४८ बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना