भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय जनता पार्टी (भाजपा)को दिल्ली इकाईले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

‘सेवा सङ्कल्प’ अभियानअन्तर्गत आयोजना हुने कार्यक्रमको सुरुआत अक्टोबर ७ मा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा हुने ‘सेवा ज्योति’ कार्यक्रमबाट गरिने भएको छ।

भाजपाका एक शीर्ष स्रोतका अनुसार प्रधानमन्त्री मोदीले अक्टोबर ७ मा उक्त कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने सम्भावना छ। कार्यक्रमका लागि करिब पाँच हजार जनाको सहभागिताको व्यवस्था मिलाइँदैछ।

मुख्य कार्यक्रमअघि दिल्लीका सबै सङ्गठनात्मक मण्डलबाट ‘सेवा ज्योति’ जुलुस निकालिनेछ। जुलुसमा भाजपा कार्यकर्ता तथा समर्थक सहभागी भएर मुख्य कार्यक्रमस्थल पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, मुख्यमन्त्री रेखा गुप्ता, दिल्लीका सांसद तथा विधायकसहित भाजपाका राष्ट्रिय र प्रदेशस्तरीय पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको छ।

अभियानअन्तर्गत अक्टोबर ८ मा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा भारत मण्डपममा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। यस्तै, अक्टोबर ९ मा केन्द्रीय गृहमन्त्री अमित शाह माटियाला विधानसभा क्षेत्रमा पुग्ने र करिब १३ हजार करोड भारतीय रुपैयाँ लागतको ढल प्रशोधन प्लान्ट परियोजनाको उद्घाटन गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन्।

अक्टोबर १० मा प्रधानमन्त्री मोदी पूसामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। उक्त कार्यक्रममा वडनगर र वाराणसीबाट मोटरसाइकल र्‍यालीमा सहभागी करिब एक हजार २०० जनाको उपस्थिति रहने र प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

मोदीले सन् २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा सार्वजनिक राजनीतिक जीवनको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनी सन् २०१४ देखि भारतको प्रधानमन्त्री हुन्।

भाजपाले मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा आयोजना हुने कार्यक्रममार्फत सेवा, जनसहभागिता र जनसम्पर्क गतिविधिलाई प्राथमिकता दिने जनाएको छ। साताव्यापी कार्यक्रमका लागि पार्टीका विभिन्न सङ्गठनात्मक इकाई तथा वरिष्ठ नेताबीच समन्वय भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ३४ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ