चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बताए
शेरचनले भने, “टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो ।” उनका अनुसार बुधबारदेखि केबलकार सेवा नियमित सञ्चालनमा आउनेछ । केबलकार बन्द गरी टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिने उहाँले बताए ।
उनले सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत गराइएको बताए । यसबाट पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ ।














प्रतिक्रिया