चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा « Khabarhub

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत ‘रूपान्तरित कांग्रेस’ निर्माणको एजेन्डासहित उपसभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ लाई आफ्नो मुख्य लक्ष्य र ‘समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’ लाई त्यसको साधनका रूपमा अघि सारेका छन् । कांग्रेसलाई समयसापेक्ष र जनमुखी बनाउँदै मुलुकको समृद्धिसँग जोड्न आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन् ।

कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख गर्दै भण्डारीले अब पार्टी र देशको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नो पुस्ताको काँधमा आएको बताएका छन् ।

‘हामीले इतिहास बनाएका छौँ, अब भविष्य बनाउने जिम्मेवारी हाम्रो हो,’ उनले भनेका छन्, ‘समृद्ध नेपाल, सुखी नेपाली र रूपान्तरित कांग्रेसका लागि मलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछु।’

भण्डारी २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पराजित भएका थिए ।

त्यसपछि तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । पछिल्लो समय कांग्रेसभित्र देखिएको विभाजनका क्रममा भने भण्डारी एकताको पक्षमा उभिँदै आएका छन् ।

उपसभापतिमा उम्मेदवारी घोषणा गर्दै भण्डारीले कांग्रेसलाई पुरानै ढर्राबाट अघि बढाउनेभन्दा बदलिँदो समय, नयाँ पुस्ता र मुलुकको आवश्यकताअनुसार रूपान्तरण गर्नुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : ५१ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६