चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा « Khabarhub

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत ‘रूपान्तरित कांग्रेस’ निर्माणको एजेन्डासहित उपसभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ लाई आफ्नो मुख्य लक्ष्य र ‘समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’ लाई त्यसको साधनका रूपमा अघि सारेका छन् । कांग्रेसलाई समयसापेक्ष र जनमुखी बनाउँदै मुलुकको समृद्धिसँग जोड्न आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन् ।

कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख गर्दै भण्डारीले अब पार्टी र देशको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नो पुस्ताको काँधमा आएको बताएका छन् ।

‘हामीले इतिहास बनाएका छौँ, अब भविष्य बनाउने जिम्मेवारी हाम्रो हो,’ उनले भनेका छन्, ‘समृद्ध नेपाल, सुखी नेपाली र रूपान्तरित कांग्रेसका लागि मलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछु।’

भण्डारी २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पराजित भएका थिए ।

त्यसपछि तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । पछिल्लो समय कांग्रेसभित्र देखिएको विभाजनका क्रममा भने भण्डारी एकताको पक्षमा उभिँदै आएका छन् ।

उपसभापतिमा उम्मेदवारी घोषणा गर्दै भण्डारीले कांग्रेसलाई पुरानै ढर्राबाट अघि बढाउनेभन्दा बदलिँदो समय, नयाँ पुस्ता र मुलुकको आवश्यकताअनुसार रूपान्तरण गर्नुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : ५१ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई