कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा « Khabarhub

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्।

चालिसेले मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। उनले आफू उपसभापति पदमा उम्मेदवार बन्ने कुरा स्पष्ट पारेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा पनि चालिसे सक्रिय थिए। महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन तथा समर्थन जुटाउने क्रममा उनले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी पाएका चालिसेले १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनात्मक तथा वैचारिक पुनर्संरचनाको अवसर का रूपमा लिँदै उपसभापतिमा आफ्नो दाबी अघि सारेका हुन्।

चालिसेको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। आगामी नेतृत्वका लागि विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला चालिसे पनि उपसभापतिको दौडमा थपिएका हुन्।

कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने व्यवस्था छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : १३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४