कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा « Khabarhub

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्।

चालिसेले मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। उनले आफू उपसभापति पदमा उम्मेदवार बन्ने कुरा स्पष्ट पारेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा पनि चालिसे सक्रिय थिए। महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन तथा समर्थन जुटाउने क्रममा उनले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी पाएका चालिसेले १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनात्मक तथा वैचारिक पुनर्संरचनाको अवसर का रूपमा लिँदै उपसभापतिमा आफ्नो दाबी अघि सारेका हुन्।

चालिसेको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। आगामी नेतृत्वका लागि विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला चालिसे पनि उपसभापतिको दौडमा थपिएका हुन्।

कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने व्यवस्था छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले