सशस्त्रका एआईजी दाहाल निलम्बित « Khabarhub

सशस्त्रका एआईजी दाहाल निलम्बित


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्।

सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। सशस्त्र प्रहरी बलले गरेको सिफारिशका आधारमा सोमबार गृह मन्त्रालयले दाहाललाई निलम्ब गरेको प्रवक्ता आनन्द काफ्लेले जनाएका छन्।

एआईजी दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

गृहले भनेको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचारण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचारण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिपाmरिश प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३/६/१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरो सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

गृह मन्त्रालयका प्रवक्ता काफ्लेले जारी गरेको विज्ञप्तिमा मातहतका कर्मचारीलाई पदीय आचरण विपरीतका कार्य नगर्न सचेत गराइएको छ। ‘हरेक कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पदीय आचरण विपरीतका कार्य गर्ने कर्मचारीलाई कारबाही गरिने पनि गृहले चेतावनी दिएको छ। ‘कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ,’ गृहले भनेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ०० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले