च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई « Khabarhub

च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा स्लाभिया प्रागलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका नोनी माडुएके र भिक्टर ग्योकेरेसले एक–एक गोल गरेका थिए । स्लाभिया प्रागका भिक्टर नोवाकले एक गोल फर्काएका थिए ।

खेलको नवौँ मिनेटमा आर्सनलका नोनीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३८औँ मिनेटमा ग्योकेरेसले गोल थप्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ९०औँ मिनेटमा स्लाभियाका नोवाकले एक गोल गरेपनि आर्सनल २–१ गोलले विजयी भयो ।

यो जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको स्लाभियाको १ अंक छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ६ : ५२ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’

मेरो नाम छेतेन ग्याल्पो हो। म रसुवाको स्याफ्रुबेंसीको स्थानीय बासिन्दा

च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो

एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल