वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह « Khabarhub

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरिएकाे हो ।

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरिन् ।

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १० : ०२ बजे

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ– काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट

कर्णालीको गौरव : धमाधम निर्माण हुँदै प्रशासनिक भवन

कर्णाली– कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण

माईखोलाको बगरमा बदामखेती

झापा– सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५