आठ वर्षीय प्रकाशले पाए ह्विलचियर « Khabarhub

आठ वर्षीय प्रकाशले पाए ह्विलचियर


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ । 

पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय रावतलाई ह्लिचियर नहुँदा निकै समस्या भएको थियो । 

कार्यालय प्रमुख टोपबहादुर बुढाले अपाङ्गता भएका रावतको सहजताका लागि ५० हजार बराबरको ह्लिचियर प्रकाशकी आमा ज्योति रावतलाई आज प्रदान गरिएको जानकारी दिए  ।

छोरालाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँडडुल गर्न कठिन भएको थियो । कार्यालयले ह्लिचियर दिएपछि सहज हुने प्रकाशकी आमा ज्योति रावतले जानकारी दिइन् ।  

उनले भनिन्, ‘छोराले बोल्न र हिँडडुल गर्न सक्दैन, घरपरिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभाव हुँदा निकै कष्ट सहनुपरेको थियो ।’

 पाँच वर्ष अगाडि आइएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा छ । नयाँ ह्लिचियरका लागि सामाजिक विकास कार्यालयले प्रदान गरेसँगै छोरालाई बस्न र आवजावत गर्न राहत पुग्ने रावतको भनाइ छ । 
 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १० : ४७ बजे

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा– भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी