जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन « Khabarhub

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ ।

समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवार, भूमिहीन सुकुम्वासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ । 

यसबाहेक अघिल्ला आयोगबाट कार्य अधुरो र अपुरो रहेका आवेदक परिवारको सङ्ख्या पाँच हजार २९६ रहेको समितिले जनाएको छ ।

जग्गा व्यवस्थापनका लागि राजस्वको दरसमेत परिमार्जन गरिएको प्रजिअ पोखरेलले बताए नयाँ व्यवस्थाअनुसार आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि सात प्रतिशत राजस्व दर कायम गरिएको छ ।

हाल भूमि समस्या समाधान समिति झापाले सर्वसाधारणको जग्गासम्बन्धी समस्या यथाशीघ्र समाधान गर्ने लक्ष्यका साथ समितिमा कार्यरत कर्मचारी तथा पदाधिकारी अहोरात्र कार्यसम्पादनमा खटिरहेको उनले जानकारी दिए ।

यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार र मङ्गलबार जिल्लास्थित विभिन्न पालिकामा रहेका सुकुम्वासी परिवारलाई भेटेर वर्तमान सरकारले सुकुम्वासी समस्या सधैँका लागि समाधान गर्दै जग्गाको धनीपुर्जा वितरणको तयारी गरिरहेको जानकारी दिएकी थिइन् ।

मन्त्री रावलले भूमि समस्या समाधान समिति र पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्दै जग्गाको धनीपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ११ : २० बजे

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा– भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी