अर्थ समाचार : कृषि उत्पादन घट्यो, चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो, ८ अंकले बढ्यो नेप्से र मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने « Khabarhub

अर्थ समाचार : कृषि उत्पादन घट्यो, चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो, ८ अंकले बढ्यो नेप्से र मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२र८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

नेपाल राष्ट्र बैंकको उक्त वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको, औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत र प्रचलित मूल्यमा तीन दशमलव ८६ प्रतिशत रहने अनुमान गरिएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँमा ‘मलेसियन फुड फेस्टिभल’ हुँदै

‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’

चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो 

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

नेप्से ८ अंकले बढ्यो, कारोबार ६ अर्बमाथि

साताको कारोबारको आजको दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६६ अङ्कले बढेर २ हजार ६४७.६१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०६ अङ्कले बढेर ४८४.४५ विन्दुमा पुगेको छ । त्यस्तै फ्लोट परिसूचक ०.५८ अङ्कले बढेर १८४.४८ र सेन्सेटिभ फ्लोट परिसूचक ०.५९ अङ्कले बढेर १६४.५४ विन्दुमा पुगेको छ ।

आज बजारमा १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये तीनको सूचक बढेको छ भने १० उपसमूहको घटेको छ । आज १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ । आठ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

विशिष्टीकृत जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : ५७ बजे

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दी– म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७०

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा