कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने « Khabarhub

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शङ्खमूलका लागि विपिन रावल ( ९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ ।

यस्तै, सेल्स बेरी, मध्यबानेश्वरका लागि सपना सिजापती (९८०१९७१३०८) सँग, फोनेक्स टावर, बत्तीसपुतलीका लागि सुरज थापा (९७६३६९७१४०) सँग, एसी कम्लेक्स, चाबहिलका लागि गोविन्द्रराज गिरी (९८४१५१७२३३) सँग, चाबहिल गणेशस्थान, तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) सँग, केएल टावर अगाडि, चाबहिलका लागि चेतना गुरुङ (९८०५८४१९७८) सँग, कमलादीमा रहेको आइटी बिल्डिङका लागि (०१ ४५१५७८६) मा, पुतली सडकमा रहेको स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना ( ९८६९५३९५११) सँग, अनामनगरमा रहेको भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१) सँग, सुन्धारामा रहेको काठमाडौँ मलका लागि (०१–५३५२५५५) मा, न्यूप्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ ।

यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्कवेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

वातावरण व्यवस्थापन विभागले भनेको छ, ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ । कामपालेसमेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा निषेध गरेको छ ।’

फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको हो । 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : १० बजे

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

एनपीएल : जनकपुरले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले