चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान « Khabarhub

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन् ।

ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ । निर्वाचनमा रिपब्लिकन पार्टी कमजोर देखिए पनि ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिने संकेत गरेका हुन् ।

डेमोक्रेटिक पार्टीले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धका कारण छोटो अवधिमा पेट्रोलको मूल्य बढ्दा निर्वाचन परिणाम प्रभावित भएको स्वीकार गरेका छन् । तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको दाबी छ ।

आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकन पार्टीले जित्ने दाबी गर्दै ट्रम्पले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताएका छन् ।

यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धप्रति मतदातामा असन्तुष्टि देखाएको बताएका छन् । उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औँल्याएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : ३४ बजे

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ?

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४