सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन « Khabarhub

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात  ठूला अस्पतालमा जलनको ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसका लागि ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको उनले बताए ।

कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गर्न थालिएको हो ।

“अहिले ती अस्पतालमा सामान्य रुपमा जलन उपचार सेवा प्रदान गरिन्छ”, उनले भने, “अब चिकित्सकलाई तालिमपश्चात् उक्त लेभल–३ सम्मको उपचार तिनै अस्पतालमा प्रदान गर्ने हाम्रो तयारी हो ।”

मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

मन्त्रालयले यसअघि उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम दिएको छ ।

तालिममा नारायणी अस्पताल, वीरगन्जबाट डा प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

तालिमले जलनको ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ जलन उपचार सेवाका लागि दक्ष जनशक्तिको उत्पादन हुनेछन् ।

तालिमपश्चात् सो जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न, गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सेवाको विस्तार गर्ने छन् । तालिम मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा सञ्चालन गरिएको छ ।

महानिर्देशक डा पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धी तालिम दिने बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : ०६ बजे

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

एनपीएल : जनकपुरले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले