एनपीएल : जनकपुरले टस जित्यो « Khabarhub

एनपीएल : जनकपुरले टस जित्यो


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ । यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ३ खेलबाट ५ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ ।

साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्र्जसलाई ८ विकेटले हराएको थियो ।

यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ । चार खेलबाट २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको जनकपुरले ४ अङ्क जोेडेको छ । जनकपुर अङ्क तालिकाको चौथो स्थानमा छ ।

काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : २९ बजे

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब

नेशनल मेडिकल कलेजमा अत्याधुनिक प्रयोगशाला उपकरण जडान

वीरगञ्ज– वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

 काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा– नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला