गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा « Khabarhub

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन तथा खाद्यवस्तुको नमुना परीक्षणबाट कैफियत देखिएपछि उनीहरूविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकामध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायी छन् । उनीहरूविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत कारबाही अघि बढाइएको उनले जानकारी दिए  ।

खाद्य स्वच्छता कायम नगर्ने, खाद्यवस्तुमा मिसावट गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु उत्पादन तथा बिक्री गर्ने र म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए ।

उनका अनुसार सो अवधिमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थ ऐन तथा नियमअनुसार १६४ नमुना सङ्कलन गरिएकामा पाँच वटाको परीक्षण प्रतिवेदन प्रतिकूल देखिएको थियो । ती नमुनाका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत कारबाही अघि बढाइएको हो ।

यसैगरी, खाद्य स्वच्छता कायम गराउने उद्देश्यले प्रदेशका विभिन्न जिल्लामा ६३२ खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा ५६ खाद्य उद्योगमा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु १८ लाख २६ हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

सो अवधिमा २०५ खाद्य तथा दाना उद्योग, १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको र उपभोक्ताबाट प्राप्त २७ उजुरी सम्बोधन गरिएको प्रमुख दाहालले बताए । 

उनका अनुसार तीन महिनाको अवधिमा २६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ६८ उद्योगको अनुज्ञापत्र नवीकरण र ८४ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरिएको छ ।

नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग स्थापनाका लागि सिफारिसलगायतका कामबाट रु १६ लाख २४ हजार १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : ४० बजे

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब

नेशनल मेडिकल कलेजमा अत्याधुनिक प्रयोगशाला उपकरण जडान

वीरगञ्ज– वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

 काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा– नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला