चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह « Khabarhub

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

प्रदर्शनअघि नै अग्रिम टिकट बिक्रीबाट विश्वव्यापी रूपमा ११० करोड भारतीय रुपैयाँ कमाइसकेको फिल्मले पहिलो दिन कस्तो व्यापार गर्छ भन्ने चासो अहिले बढेको छ। निर्माण पक्षले फिल्मबाट बक्स अफिसमा ऐतिहासिक कमाइको अपेक्षा गरेको छ।

ठूलो बजेट, चर्चित कलाकार र पौराणिक कथाको भव्य प्रस्तुतिका कारण चर्चामा रहेको फिल्मको प्रभाव नेपालमा पनि देखिएको छ।

तिहारको माहोलमा प्रदर्शनमा आएको ‘रामायण’ हेर्न दर्शकको आकर्षण बढेको छ। नेपालका प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्स, आइएनआइ, वान सिनेमाज र बिग मुभिजलगायतका हलमा फिल्मको बुकिङ उत्साहजनक रहेको छ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर भगवान् रामको भूमिकामा छन् भने साई पल्लवी सीताको भूमिकामा देखिएकी छन्।

त्यस्तै, यश रावण र सनी देओल हनुमानको भूमिकामा छन्। करिब ४० भाषामा डब तथा सबटाइटलसहित तयार पारिएको फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

विशेष कुरा त के छ भने ‘रामायण’को कथा एउटै फिल्ममा नभई दुई भागमा प्रस्तुत गरिँदैछ। दुवै भाग निर्माणका लागि कुल चार हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याइएको छ। यसको दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गर्ने तयारी छ।

पौराणिक कथालाई आधुनिक प्रविधि र भव्य दृश्यका साथ पर्दामा उतारिएको दाबी गरिएको ‘रामायण’ले बक्स अफिसमा कति ठूलो सफलता हासिल गर्छ भन्ने प्रश्नको जवाफ भने अब प्रदर्शनपछिको व्यापारले दिनेछ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १ : ०५ बजे

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा– नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु)

काठमाडौं–  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका