काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।
आफूमाथि अन्याय भएको दाबीसहित कार्कीले रिट निवेदन दिएका हुन् । उनको तर्फबाट कानुन व्यवसायीहरू केहीबेरअघि रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
यद्यपि, सर्वोच्च अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै रिट दर्ता हुने वा नहुनेबारे टुङ्गो लाग्नेछ ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी उनलाई उक्त जिम्मेवारीमा पदस्थापन गरेको थियो ।
त्यस्तै, सरकारले रिक्त प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नियुक्त गरेको थियो ।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन् ।














प्रतिक्रिया