तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे « Khabarhub

तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा– राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । 

कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग संकलनमा जुटेका छन् ।

गाडीमा बसेर  पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो । पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए। 

‘अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,’ शाहीले भने, ‘हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।’ 

उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो । अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ । यसले गर्दा समुदायका सदस्य आर्थिक आवश्यकताका लागि विभिन्न ठाउँमा पुगेर सहयोग संकलन गर्न बाध्य भएका छौँ । 

‘पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गथ्र्यौँ र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रूख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,’ उनले भने। 

दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको सुनाए ।
    
उनीहरूले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । परम्परागत सीपबाट निर्माण गरिएका काठका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन् । 

आधुनिक जीवनशैली र बजारमा विभिन्न प्रकारका औद्योगिक सामग्रीको प्रयोग बढ्दै गएको अवस्थामा राउटे समुदायले भने पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपलाई निरन्तरता दिँदै आएका छन्।

उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च संकलन गर्ने गरेका छन् । कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सामग्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु तस्वीर खिचेको पैसा माग्न थालेका छन् । 

बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रूख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका हुन् ।
 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : ५५ बजे

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो