शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन « Khabarhub

शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पनि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ३ : १८ बजे

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध

चलाल गणेशस्थान खानी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको