तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग  « Khabarhub

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ । 

सिजीले यस तिहारमा ग्राहकहरूलाई ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले तयार गर्न सकिने चाडपर्व विशेष परिकारहरूबारे जानकारी गराएको छ । 

सिजी माइक्रोवेभ ओभनको मद्दतले यस तिहारमा निम्न परिकारहरू सजिलै घरमै तयार गर्न सकिन्छ :

  • भाइ मसला रोस्टिङ : तिहारमा नभई नहुने काजु, बदाम, पिस्ता र ओखर जस्ता भाइ मसलालाई कराइमा डढ्ने डरबिना ओभनमा केही मिनेटमै क्रिस्पी र स्वादिष्ट रूपमा रोस्ट गर्न सकिन्छ ।
  • घरमै स्वादिष्ट मिठाई : बजारको मिसावटयुक्त मिठाईभन्दा घरमै बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा र चकलेटहरू अब घन्टौं आगोमा नउभिएरै सिजी माइक्रोवेभ ओभनमा निकै छिटो र सजिलै बनाउन सकिन्छ।
  • बेकिङ र ग्रिलिङ : भाइटीकामा दाजुभाइलाई उपहार दिन आफ्नै हातले बनाएको केक, कुकिज, वा पारिवारिक जमघटका लागि पनिर र मासुका परिकारहरू ग्रिल गर्न यसमा रहेको कन्भेक्सन र ग्रिल  फिचर अत्यन्तै उपयोगी छ।
  • परिकारको ताजापन : अघिल्लै दिन बनाइएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारहरूलाई पाहुना आउँदा तुरुन्तै तताएर भर्खरै पकाएको जस्तै ताजा र क्रिस्पी बनाउन यसले ठूलो मद्दत गर्छ।

कम्पनीले हाल बजारमा २० लिटरदेखि ३५ लिटर क्षमतासम्मका जम्मा ६ वटा विभिन्न मोडलका (सोलो, ग्रिल र कन्भेक्सन) माइक्रोवेभ ओभनहरू उपलब्ध गराएको छ । जसमध्ये २ वटा मोडलहरू प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका रहेका छन् भने बाँकी ४ वटा मोडलहरू लोकप्रिय सिजी ब्रान्ड अन्तर्गत उपलब्ध छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : १७ बजे

काठमाडौँविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर किंग्स

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को बिहीबारको

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

ढाका-  बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’ 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस