नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो « Khabarhub

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ ।

बजारमा कारोबार सुरु भएको दुई मिनेटसम्म बढ्ने संकेत देखिए पनि त्यसपछि दिनभर नेप्से घटेको थियो ।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २११ वटाको सेयर मूल्य घट्दा ५६ वटाको बढेको छ भने १२ वटाको स्थिर रहेको छ ।

समूहगत परिसूचकतर्फ माइक्रोफाइनान्सबाहेक सबै समूह घटेका छन् । माइक्रोफाइनान्स ०.०९ प्रतिशत बढ्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त र बीमासहितका समूहमा गिरावट आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : १२ बजे

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

ढाका-  बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’ 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से