काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले सम्यक महादान कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले राष्ट्रपतिलाई निमन्त्रणा प्रदान गरेकी हुन् ।
विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित शीतल निवास पुगेको टोलीमा बौद्ध धर्मगुरु, महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।
सम्यक महादान बौद्ध परम्परासँग सम्बन्धित महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यसमा बुद्ध तथा बौद्ध भिक्षुहरूलाई दान तथा भोजन अर्पण गर्ने परम्परा रहेको छ ।














प्रतिक्रिया