काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमाडौँ गोर्खाजले टस जितेर फिल्ड रोजेपछि विराटनगरले ब्याटिङको निम्तो पाएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौँका कप्तान करण केसीले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगरले पाँचौ खेल खेल्दै छ भने काठमाडौँले आज तेस्रो खेल खेल्दैछ । तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरको चार अंक छ भने काठमाडौँको दुई अंक छ ।













प्रतिक्रिया