काठमाडौँ – विराटनगर किंग्सविरुद्ध काठमाडौँ गोर्खाजले नौ विकेटको सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेर विराटनगरलाई ८३ रनमा अलआउट गरेको काठमाडौँले ९ विकेटको सानदार जित निकालेको हो ।
८४ रनको लक्ष्य काठमाडौँले मात्र एक विकेट गुमाएर ९ ओभर ४ बलमा ८६ रन बनाउँदै पूरा गर्यो। काठमाडौँको जितमा डेबिड वार्नरले नटआउट मात्र २४ बल खर्चिएर तीन छक्का र दुई चौकाको मद्दतमा ४४ रनको विस्फोटक इनिङ खेले । उसका लागि विलियम बोसिस्टोले २४ बलमा २३ रन बनाउँदा ओपनर साहिल पटेल भने १० रन थपे ।
काठमाडौँविरुद्धको बलिङमा विराटनगरका अपराजित पौडेलले मात्र एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने सबैभन्दा महंगा सावित भए । उनले बिना विकेट दुई ओभर बलिङ गर्दा २० रन खर्चिए । आन्द्रे रसेल, शेहान जयसूर्या, इम्रान शेख विकेट बिहीन बने ।
टस जितेर फिल्डिङ रोजेको काठमाडौँले कसिलो बलिङ गर्दै विराटनगरलाई १९ औँ ओभरको तेस्रो बलमा ८३ रन बनाउँदा अलआउट गरेको थियो।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाएका थ् िभने एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमेदले १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लोकेस बम ६ रनमा आउट हुँदा आन्द्रे रसेलले ३ रन मात्र जोडे ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका लागि सन्तोष यादवले तीन विकेट लिँदा सहान अराच्चिगेले दुई विकेट हात पारे । उसका लागि कप्तान करण केसी, जहानदाद खान, साहब आलम र देव साहले एकएक विकेट हात पारेका थिए।
तीन खेल खेलेको काठमाडौँले एक हार र दुई जित निकाल्दै चार अंक जोडेको छ भने पाँच खेल खेलिसकेको विराटनगरले दुई जित र तीन हारको सामना गर्दै चार अंक बनाएको छ। समान अंक भए पनि रनरेटका आधारमा काठमाडौँ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर पाचौँ स्थानमा झरेको छ ।

१५ खेल सकिँदा लुम्बिनी लायन्स सात अंकसहित शीर्ष स्थानमा छ भने समान चार अंक बनाएका काठमाडौँ, कर्णाली याक्स, जनकपुर बोल्टस, विराटनगर र सुदूरपश्चिम रोयल्स क्रमश दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । तीन अंक जोडेको चितवन राइनोज साताँै स्थानमा छ भने तीन खेलमा अंकबिहीन बनेको पोखरा पुछारमा छ ।















प्रतिक्रिया