विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी « Khabarhub

विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगर किंग्सविरुद्ध काठमाडौँ गोर्खाजले नौ विकेटको सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेर विराटनगरलाई ८३ रनमा अलआउट गरेको काठमाडौँले ९ विकेटको सानदार जित निकालेको हो ।

८४ रनको लक्ष्य काठमाडौँले मात्र एक विकेट गुमाएर ९ ओभर ४ बलमा ८६ रन बनाउँदै पूरा गर्‍यो। काठमाडौँको जितमा डेबिड वार्नरले नटआउट मात्र २४ बल खर्चिएर तीन छक्का र दुई चौकाको मद्दतमा ४४ रनको विस्फोटक इनिङ खेले । उसका लागि विलियम बोसिस्टोले २४ बलमा २३ रन बनाउँदा ओपनर साहिल पटेल भने १० रन थपे ।

काठमाडौँविरुद्धको बलिङमा विराटनगरका अपराजित पौडेलले मात्र एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने सबैभन्दा महंगा सावित भए । उनले बिना विकेट दुई ओभर बलिङ गर्दा २० रन खर्चिए । आन्द्रे रसेल, शेहान जयसूर्या, इम्रान शेख विकेट बिहीन बने ।

टस जितेर फिल्डिङ रोजेको काठमाडौँले कसिलो बलिङ गर्दै विराटनगरलाई १९ औँ ओभरको तेस्रो बलमा ८३ रन बनाउँदा अलआउट गरेको थियो।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाएका थ् िभने एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमेदले १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लोकेस बम ६ रनमा आउट हुँदा आन्द्रे रसेलले ३ रन मात्र जोडे ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका लागि सन्तोष यादवले तीन विकेट लिँदा सहान अराच्चिगेले दुई विकेट हात पारे । उसका लागि कप्तान करण केसी, जहानदाद खान, साहब आलम र देव साहले एकएक विकेट हात पारेका थिए।

तीन खेल खेलेको काठमाडौँले एक हार र दुई जित निकाल्दै चार अंक जोडेको छ भने पाँच खेल खेलिसकेको विराटनगरले दुई जित र तीन हारको सामना गर्दै चार अंक बनाएको छ। समान अंक भए पनि रनरेटका आधारमा काठमाडौँ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर पाचौँ स्थानमा झरेको छ ।

१५ खेल सकिँदा लुम्बिनी लायन्स सात अंकसहित शीर्ष स्थानमा छ भने समान चार अंक बनाएका काठमाडौँ, कर्णाली याक्स, जनकपुर बोल्टस, विराटनगर र सुदूरपश्चिम रोयल्स क्रमश दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । तीन अंक जोडेको चितवन राइनोज साताँै स्थानमा छ भने तीन खेलमा अंकबिहीन बनेको पोखरा पुछारमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ४७ बजे

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ

म्याक्स टाइगर दशैं धमाका : चार जनाले पाए मोटरसाइकल र स्कुटर

काठमाडौं – म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत

सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

काठमाडौं – ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’