पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा « Khabarhub

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताए।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री लम्सालले पूर्वाधार सम्मेलन अघि नेपालमा विकासको बाधकका रुपमा चित्रित गरिँदै आएको कानुनी समस्याको उल्झनलाई अन्त्य गर्न खोजेको स्पष्ट पारे।

‘हामीले पूर्वाधार निर्माणको बाधकका रुपमा चित्रित गरिएको कानुनी उल्झनहरुको अन्त्य गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘मुलुकमा लगानीमैत्री वातावरण बनेकाले पनि विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्दछु ।’

मन्त्री लम्सालले नेपाल पूर्वाधार सम्मेलनमा सरकारले कानुनी र नीतिगत अड्चनमा गरेका सुधारका कार्य पनि सोकेसका रुपमा प्रस्तुत गर्ने योजना रहेको बताए। उनले नेपालमा लगानीमैत्री वातावरण भएकाले पनि दातृनिकायले ढुक्क भएर लगानी गर्नका लागि सबैसमक्ष आह्वान गरे। 

मन्त्री लम्सालले नीतिगत र कानुनी सुधारसँगै आयोजना कार्यान्वयनमा हुने गरेका ढिस्तासुस्ती र अन्य विकृतिको पनि अन्त्य हुने बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ४५ बजे

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा

खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु

दोलखा– नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छ : मन्त्री खड्का

कर्णाली– कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य

काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य