रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन « Khabarhub

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्  ।  

बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् । 

उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राखेर राख्ने किसिमको अभ्यासमा आफूहरू नरहेको उल्लेख गरे । 

सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे । 

कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरूलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए ।

सभापति लामिछानेले परिवक्व ढंगले अघि बढ्नुपर्ने जस्ता प्रश्न आउन नदिने गरि सरकारले विधिको शासन अनुसार चल्न ध्यान दिनुपर्ने धारणा राखे ।  

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ५५ बजे

अर्थ समाचार : सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा, गहुँको मूल्य बढ्यो र क्यानाडाले ल्यायो नयाँ बजेट

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु) नेपाल राष्ट्र बैंकको टक्सार

सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा

खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु

दोलखा– नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई