काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन केवल भाषण गर्ने वा विदेशी वक्ताहरू मात्र बोलाउने भन्दा पनि परिणाममुखी र नतिजामुखीका साथै वास्तविक लगानीको वातावरण देखाउन सम्मेलन निकै महत्त्वपूर्ण रहेको बताएका हुन् ।
उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्वको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे । यसका लागि निजी क्षेत्रलाई पनि सरकारले सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ । मन्त्री वाग्लेले पूर्वाधार सम्मेलनपछिको अवस्थालाई ध्यानमा दिएर सरकार अघि बढिरहेको जानकारी दिए ।
त्यस्तै कानूनमन्त्री सोविता गौतमले साउन १ गतेदेखि अहिलेसम्म ५४ भन्दा बढी विधेयकहरू मन्त्रिपरिषद्बाट स्वीकृत गरेर अघि बढिसकेको बताइन् । सम्मेलन अघि ५९ वटा कानुनहरू संशोधन गर्नुपर्ने परिस्थितिमा रहेको उनको भनाइ छ ।
उनले लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न भएका कानुनी तथा नीतिगत व्यवस्थालाई सम्मेलन अघि अन्तिम रूप दिइने धारणा राखिन् ।














प्रतिक्रिया