विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य « Khabarhub

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको काठमाडौँले कसिलो बलिङ गर्दै विराटनगरलाई १९ औँ ओभरको तेस्रो बलमा ८३ रन बनाउँदा अलआउट गरेको हो ।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमेदले १० रन थपे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लोकेस बम ६ रनमा आउट हुँदा आन्द्रे रसेलले ३ रन मात्र जोडे ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका लागि सन्तोष यादवले तीन विकेट लिँदा सहान अराच्चिगेले दुई विकेट हात पारे । उसका लागि कप्तान करण केसी, जहानदाद खान, साहब आलम र देव साहले एकएक विकेट हात पारे ।
दुई खेल खेलेको काठमाडौँले एक हार र एक जित निकाल्दै दुई अंक जोडेको छ भने चार खेल खेलिसकेको विराटनगरले दुई जित र दुई हारको सामना गर्दै चार अंक जोडेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ६ : ३४ बजे

प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार

अर्थ समाचार : सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा, गहुँको मूल्य बढ्यो र क्यानाडाले ल्यायो नयाँ बजेट

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु) नेपाल राष्ट्र बैंकको टक्सार

सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा