पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय « Khabarhub

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । 

यस विषयलाई संसद्, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनले बताए । उनले निर्वाचन नजिकिँदै जाँदा डिजाइन नै बनाएर अद्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको धारणा राखे । 

यस विषयमा राज्यले गर्ने छानबिनमा कांग्रेस पछि नहट्ने उनले उल्लेख गरे । बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री रसाइलीले बताए । 

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने उनले बताए । 

विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जबाफदेही हुनुपर्ने उनको भनाइ छ । 

उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानूनी ढङ्गबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखे । कानून विपरीतको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने उनले बताए । 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ६ : ४४ बजे

प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार

अर्थ समाचार : सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा, गहुँको मूल्य बढ्यो र क्यानाडाले ल्यायो नयाँ बजेट

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु) नेपाल राष्ट्र बैंकको टक्सार

सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा