सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट « Khabarhub

सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरे।

उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको पनि बताए।

भेटवार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । दुवै पक्षले दुई देशबीच रहँदै आएको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ०३ बजे

आधुनिक मिलको विस्तारसँगै लोप हुँदै जाँतो

पाँचथर– आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो

विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी

काठमाडौँ – विराटनगर किंग्सविरुद्ध काठमाडौँ गोर्खाजले नौ विकेटको सानदार जित

अख्तियारमा माधव नेपालको बयान- ‘कुनै गलत काम गरेको छैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित फलफूल फार्मको जग्गा सट्टापट्टासम्बन्धी

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

मस्को – रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई)