हिटकै खोजीमा रहेका सौगात, दयाहाङ–प्रकाश र बल्छीबीच भिडन्त, किन झुम्मिए माघ १ मा ? « Khabarhub

हिटकै खोजीमा रहेका सौगात, दयाहाङ–प्रकाश र बल्छीबीच भिडन्त, किन झुम्मिए माघ १ मा ?


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्ति र नजिकका सार्वजनिक बिदाको मौका छोप्न तीन फिल्महरुले माघ १ मा बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् ।

नायक सौगात मल्ल केन्द्रीय भूमिकामा रहेको ‘भाइरल गार्खे’, दई नायक दयाहाङ राई–प्रकाश सपुत भूमिकामा रहको ‘मिरमिरे’ र कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ शीर्ष भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’ एक साथ माघ १ बाट प्रदर्शनमा आउने भएका हुन् । यी तीनै फिल्मको प्रचार जारी छ ।

गत दशैँपछि तीन फिल्म एकसाथ प्रदर्शनमा आउन लागेको यो पहिलो घटना हो । लामो सर्वजनिक बिदा हुने भएको ‘प्राइमा रिलिज डेट’ मानिने दशैँमा जति नै माघमा १ तीन फिल्म हलमा लाग्ने भएका हुन् ।

मेकरहरु तीन सार्वजनिक बिदाको उपभोग गर्न केन्द्रित हुँदा तीन फिल्म जुध्ने भएका हुन् ।

माघ १ गते बिहीबार माघे संक्रान्तिको बिदा छ । शुक्रबार छोडेर शनिबार नियमित सार्वजनिक बिदा हुने नै भयो । आइतबार छोडेर सोमबार सोनाम ल्होसारको सार्वजनिक बिदा छ । मंगलबार, बुधबार र बिहीबार छोडेर अर्को फिल्म प्रदर्शनको दोस्रो शुक्रबार माघ ९ गते सरस्वती पूजाको सार्वजनिक छ ।

सबैलाई हिटको जरुरी

मंसिर १ मा प्रदर्शनमा आउने तीन फिल्मा ४ नायक छन् । उनीहरु चारै जनालाई हिट फिल्मको जरुरी देखिन्छ ।

‘गोबर गणेश’को नायक बल्छी धुर्बे हुन् । १७ वर्ष सानो पर्दाको अनुभवबाट उनले यही फिल्मबाट निर्देशन, निर्माण र लेखनमा हात हालेका हुन् । केन्द्रीय भूमिकामा पनि उनको यो डेब्यू हो ।

लगानी र करिअरमा विशेष फड्को मार्न उनलाई हिटको जरुरी देखिन्छ ।

‘भाइरल गार्खे’का नायक सौगात मल्ले हिट फिल्म दिन नसेकेको लामो समय भयो । उनको एकल हिरो भएको फिल्म चलेका छैनन् भन्दा पनि हुन्छ ।

यो भाष्य तोड्न पनि उनलाई एक हिट फिल्मको जरुरी छ । नभए लामो फ्लप लिस्टमा अर्को फिल्म थपिनेछ । अभिनय क्षमता अब्बल भएका कारण फिल्मको व्यापारको प्रभावले उनको डिमान्डमा भने कमी आएको छैन ।

‘मिरमिरे’का दुवै नायकलाई अहिले हिट फिल्मको ठूलो जरुरी छ । वर्तमानका सर्वाधिक डिमान्ड भएका व्यवसायिक नायक दयाहाङले यो वर्ष ६ फिल्म दिए तर कुनै हिट हुन सकेन । हिट फिल्मको सिक्वेल ‘जारी २’ पनि फ्लप भयो ।

दयाहाङको अभिनय रहेको पछिल्लो हिट फिल्म ‘अञ्जिला’ हो । जुन गत वर्षको फागुनमा प्रदर्शनमा आएको थियो । ‘जारी २’समेत फ्लप भएकाले उनलाई एक हिट फिल्मको जरुरी थप देखिन्छ ।

त्यस्तै, ‘मिरमिरे’कै नायक प्रकाश सपुतलाई झन् हिट फिल्मको जरुरी छ । गायन पेसा प्राइममा रहेको बेला उनी ठूलो पर्दामा होमिए । उनी शीर्ष भूमिकामा रहेको कुनै फिल्म हिट बनेको छैन । उनको लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’सहित लगातर चार फिल्म फ्लप छन् ।

अहिले उनलाई दर्शकले ‘फ्लप हिरो’को ट्याग लगाउन थालिसके । गायनबाट फिल्ममा प्रवेश गर्नुको ‌औचित्य पुष्टि गर्न पनि उनलाई हिट फिल्मको जरुरी छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ०५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको