हिटकै खोजीमा रहेका सौगात, दयाहाङ–प्रकाश र बल्छीबीच भिडन्त, किन झुम्मिए माघ १ मा ? « Khabarhub

हिटकै खोजीमा रहेका सौगात, दयाहाङ–प्रकाश र बल्छीबीच भिडन्त, किन झुम्मिए माघ १ मा ?


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्ति र नजिकका सार्वजनिक बिदाको मौका छोप्न तीन फिल्महरुले माघ १ मा बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् ।

नायक सौगात मल्ल केन्द्रीय भूमिकामा रहेको ‘भाइरल गार्खे’, दई नायक दयाहाङ राई–प्रकाश सपुत भूमिकामा रहको ‘मिरमिरे’ र कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ शीर्ष भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’ एक साथ माघ १ बाट प्रदर्शनमा आउने भएका हुन् । यी तीनै फिल्मको प्रचार जारी छ ।

गत दशैँपछि तीन फिल्म एकसाथ प्रदर्शनमा आउन लागेको यो पहिलो घटना हो । लामो सर्वजनिक बिदा हुने भएको ‘प्राइमा रिलिज डेट’ मानिने दशैँमा जति नै माघमा १ तीन फिल्म हलमा लाग्ने भएका हुन् ।

मेकरहरु तीन सार्वजनिक बिदाको उपभोग गर्न केन्द्रित हुँदा तीन फिल्म जुध्ने भएका हुन् ।

माघ १ गते बिहीबार माघे संक्रान्तिको बिदा छ । शुक्रबार छोडेर शनिबार नियमित सार्वजनिक बिदा हुने नै भयो । आइतबार छोडेर सोमबार सोनाम ल्होसारको सार्वजनिक बिदा छ । मंगलबार, बुधबार र बिहीबार छोडेर अर्को फिल्म प्रदर्शनको दोस्रो शुक्रबार माघ ९ गते सरस्वती पूजाको सार्वजनिक छ ।

सबैलाई हिटको जरुरी

मंसिर १ मा प्रदर्शनमा आउने तीन फिल्मा ४ नायक छन् । उनीहरु चारै जनालाई हिट फिल्मको जरुरी देखिन्छ ।

‘गोबर गणेश’को नायक बल्छी धुर्बे हुन् । १७ वर्ष सानो पर्दाको अनुभवबाट उनले यही फिल्मबाट निर्देशन, निर्माण र लेखनमा हात हालेका हुन् । केन्द्रीय भूमिकामा पनि उनको यो डेब्यू हो ।

लगानी र करिअरमा विशेष फड्को मार्न उनलाई हिटको जरुरी देखिन्छ ।

‘भाइरल गार्खे’का नायक सौगात मल्ले हिट फिल्म दिन नसेकेको लामो समय भयो । उनको एकल हिरो भएको फिल्म चलेका छैनन् भन्दा पनि हुन्छ ।

यो भाष्य तोड्न पनि उनलाई एक हिट फिल्मको जरुरी छ । नभए लामो फ्लप लिस्टमा अर्को फिल्म थपिनेछ । अभिनय क्षमता अब्बल भएका कारण फिल्मको व्यापारको प्रभावले उनको डिमान्डमा भने कमी आएको छैन ।

‘मिरमिरे’का दुवै नायकलाई अहिले हिट फिल्मको ठूलो जरुरी छ । वर्तमानका सर्वाधिक डिमान्ड भएका व्यवसायिक नायक दयाहाङले यो वर्ष ६ फिल्म दिए तर कुनै हिट हुन सकेन । हिट फिल्मको सिक्वेल ‘जारी २’ पनि फ्लप भयो ।

दयाहाङको अभिनय रहेको पछिल्लो हिट फिल्म ‘अञ्जिला’ हो । जुन गत वर्षको फागुनमा प्रदर्शनमा आएको थियो । ‘जारी २’समेत फ्लप भएकाले उनलाई एक हिट फिल्मको जरुरी थप देखिन्छ ।

त्यस्तै, ‘मिरमिरे’कै नायक प्रकाश सपुतलाई झन् हिट फिल्मको जरुरी छ । गायन पेसा प्राइममा रहेको बेला उनी ठूलो पर्दामा होमिए । उनी शीर्ष भूमिकामा रहेको कुनै फिल्म हिट बनेको छैन । उनको लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’सहित लगातर चार फिल्म फ्लप छन् ।

अहिले उनलाई दर्शकले ‘फ्लप हिरो’को ट्याग लगाउन थालिसके । गायनबाट फिल्ममा प्रवेश गर्नुको ‌औचित्य पुष्टि गर्न पनि उनलाई हिट फिल्मको जरुरी छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ०५ बजे

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल