कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम « Khabarhub

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार २५० पुगेको हो ।

यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ ।

त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता सङ्ख्या रहेको छ ।

त्यस्तै, १० जिल्लाको लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाइँले जानकारी दिए ।

सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उनले बताए ।

त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।

सूचना अधिकारी चौलागाइँका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् ।

यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : १४ बजे

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न