‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद « Khabarhub

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको अन्तिम फिल्म ‘जन नायकन’ को ट्रेलरमा देखिएको प्राविधिक त्रुटिका कारण सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ ।

ट्रेलरको एक क्षणिक दृश्यमा गुगल जेमिनाइ  (एआई) को वाटरमार्क देखिएपछि दर्शकहरूले एआई निर्मित दृश्य प्रयोग गरिएको आशंका व्यक्त गरेका हुन् ।

यद्यपि निर्माताले पछि ट्रेलर अपडेट गरी उक्त लोगो हटाएका छन्, तर त्यसको स्क्रिन रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । एक्स (पूर्व ट्विटर) मा प्रयोगकर्ताहरूले ठूलो बजेटको फिल्ममा यस्ता गल्ती हुनु निराशाजनक भएको प्रतिक्रिया दिएका छन्, केहीले एआई प्रयोगलाई सिनेमाको कलामाथिको अपमानसमेत भनेका छन् ।

एच. विनोथ निर्देशित जन नायकन राजनीतिक पृष्ठभूमिमा आधारित मास एक्सन फिल्म हो, जसमा अभिनेत्री पूजा हेगडे, बबी देओल, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रियमणी र नारायण लगायत कलाकारको अभिनय रहेको छ।

फिल्म जनवरी ९ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। बक्स अफिसमा भने यसले प्रभासको ‘द राजा साब’ र शिवकार्तिकेयनको ‘पराशक्ति’ सँग प्रतिस्पर्धा गर्नेछ ।

थलापथी विजयको अन्तिम फिल्म भएकाले दर्शकको चासो उच्च रहे पनि, एआई सम्बन्धी विवादले फिल्मको प्रचारमा कस्तो असर पार्छ भन्ने कुरा रिलिजपछि स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : २६ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर