भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की : हाम्रो कुरा नमाने मादुरोभन्दा खराब हालत हुन्छ « Khabarhub

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की : हाम्रो कुरा नमाने मादुरोभन्दा खराब हालत हुन्छ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जलाई कडा धम्की दिएका छन्।

ट्रम्पले भने, ‘यदि डेल्सीले भेनेजुएलाका लागि अमेरिका ठीक ठान्ने काम गरिनन् भने उनको हालत मादुरोभन्दा पनि खराब हुन सक्छ।’

ट्रम्पले यो कुरा द अटलान्टिक म्यागजिनलाई दिएको अन्तर्वार्तामा बताएका हुन्। एक दिनअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिग्जसँग कुरा गरेको बताएका थिए ।

उनले भेनेजुएलामा जनताको जीवनस्तर सुधार्न अमेरिकी अपेक्षामा काम गर्न उनी तयार रहेको बताएका थिए।

न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘यदि रोड्रिग्जले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नुपर्ने आवश्यकता पर्दैन।’

उता रोड्रिग्जले मादुरोलाई सत्ताबाट हटाइएको घटनाको आलोचना गरेकी छन् । उनले अमेरिकासँग मादुरोलाई फिर्ता पठाउन माग गरेकी छन्।

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्जलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। ब्लूमबर्गका अनुसार सर्वोच्च अदालतले रोड्रिग्जलाई तत्काल राष्ट्रपतिका सबै अधिकारसहित अन्तरिम रूपमा कार्यभार सम्हाल्न निर्देशन दिएको हो।

डेल्सीले मागिन् सहयोग

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले अमेरिकासँग सहयोगको अपिल गरेकी छन्। उनले भेनेजुएला अमेरिका सँगै विकास र शान्तिका लागि सहकार्यको एजेन्डा बनाउन चाहन्छ भनेकी छन्।

‘राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता युद्ध होइन, शान्ति र संवादका हकदार छन्। यही सन्देश राष्ट्रपति मादुरोले सधैं दिनु भएको हो र आज सम्पूर्ण भेनेजुएलाको पनि यही सन्देश हो।’

आइतबार राति जारी विज्ञप्तिमा रोड्रिग्जले अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको गिरफ्तारीपछि पनि भेनेजुएला टकराव होइन, संवाद र सहयोग चाहेको बताएकी छन्। उनले अन्तर्राष्ट्रिय कानुनी दायराभित्र रहेर दुवै देशले काम गर्नुपर्ने बताइन्।

कब्जा

अमेरिकी सैनिकहरूले जनवरी २ को रात भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएर लगेका थिए।

त्यसपछि उनीहरूलाई न्यूयोर्क लगिएको छ, जहाँ अमेरिकाकै बदनाम हिरासत केन्द्रमा राखिएको छ। उनीहरूमाथि हतियार र लागूऔषधसम्बन्धी मुद्दा चलाइने बताइएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : २६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील