काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार रिलिज भएको ट्रेलर २१ लाखभन्दा बढी भ्युजका साथ सोमबार ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो । यसले युट्युबमा ६५ हजारभन्दा बढी लाइक र १२ सय भन्दा बढी कमेन्ट पाएको छ ।
लामो समयपछि नेपाली फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको । यसले ‘गोबर गणेश’को हाइप राम्रो बनेको संकेत गर्छ ।
दर्शकबाट पाएको यस साथदेखि बल्छी धुर्बे कृतज्ञ छन् । ‘दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,’ उनी भन्छन्, ’सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
आमा-छोराको भवना र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । फिल्म कमेडी फ्लेबरमा सामाजिक कथामा बनेको ट्रेलरले बताउँछ ।
माघ १ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक, लेखक, निर्मात र केन्द्रीय नायक बल्छी धुर्बे नै हुन् । नायिका वर्षा सिवाकोटी हुन् ।
उनीहरुसहित फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङलायतको अभियन रहने बताइएको छ ।













प्रतिक्रिया