धमाधम उम्मेदवार छान्दै एमाले, यी हुन् एकल सिफारिस भएका २६ नेता « Khabarhub

धमाधम उम्मेदवार छान्दै एमाले, यी हुन् एकल सिफारिस भएका २६ नेता


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस तीव्र बनाएको छ ।

एमाले केन्द्रीय कमिटीको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

कतिपय जिल्लाबाट एकल उम्मेदवारी सिफारिस भएको छ । दोलखासहितका कयौँ जिल्लामा सिफारिसले तनाव निम्त्याएको छ।

केही जिल्लामा सर्वसम्मत नहुँदा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ। केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम पनि केन्द्रमा पठाएका छन्।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २६ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् । एकल उम्मेदवारी सिफारिस हुनेमा अध्यक्ष केपी शर्मा ओलीदेखि नेता गोकुल बास्कोटासम्म रहेका छन् ।

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत एकल नाम चयन गरिसकेका । केही स्थानमा उम्मेदवार छनोट प्रक्रिया जारी छ।

सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ।

एकल सिफारिस भएका उम्मेदवार

केपी शर्मा ओली- झापा क्षेत्र नम्बर ५

विष्णु पौडेल- रुपन्देही क्षेत्र नम्बर २

शंकर पोखरेल-दाङ क्षेत्र नम्बर २

लेखराज भट्ट- कैलाली क्षेत्र नम्बर ४

महेश बस्नेत-भक्तपुर क्षेत्र नम्बर २

प्रदीप ज्ञवाली-गुल्मी क्षेत्र नम्बर १

ईश्वर पोखरेल-काठमाडौं क्षेत्र नम्बर ५

गोकुल बास्कोटा-काभ्रे क्षेत्र नम्बर २

लीलानाथ श्रेष्ठ-सिरहा क्षेत्र नम्बर ३

अजय गुप्ता-रौतहट क्षेत्र नम्बर १

हरि उप्रेती-सर्लाही क्षेत्र नम्बर ३

तिलक महत-नवलपुर क्षेत्र नम्बर २

मिलन गुरुङ-गोरखा क्षेत्र नम्बर २

बद्री मैनाली-नुवाकोट क्षेत्र नम्बर १

सूर्य ढकाल-बाँके क्षेत्र नम्बर १

दलबहादुर सुनार-बाँके क्षेत्र नम्बर ३

विश्राम चौधरी-कपिलवस्तु क्षेत्र नम्बर १

सुहाङ नेम्वाङ-इलाम क्षेत्र नम्बर २

लक्ष्मी महतो कोइरी-महोत्तरी क्षेत्र नम्बर १

ध्रुव शाही-सुर्खेत क्षेत्र नम्बर १

कलाधर देवकोटा-सुर्खेत क्षेत्र नम्बर २

गुलाबजंग शाह-सल्यान

मणिराम फुयाल-काठमाडौं–२ (प्रस्ताव)

दामोदर भण्डारी-बैतडी

गणेश ठगुन्ना-दार्चुला

राजेन्द्रकुमार राई- धनकुटा

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ५० बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट