यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’ « Khabarhub

यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा भर्चुअल सम्पत्तिको प्रयोग र यससँग जोडिएका वित्तीय अपराधहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्दै वित्तीय जानकारी इकाईले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई शंकास्पद कारोबार पहिचान गर्न मद्दत पुग्ने गरी ७ वटा मुख्य वर्गमा ‘रेड फ्ल्याग’ (शंकास्पद संकेत)हरू निर्धारण गरेको छ ।

१-लेनदेनको शैली 

प्रतिवेदन अनुसार ४२ प्रतिशत शङ्कास्पद कारोबारहरू अस्वाभाविक लेनदेनको शैलीका आधारमा पहिचान गरिएका छन् । विशेषगरी, अपरिचित र असम्बन्धित धेरै व्यक्तिहरूबाट पटक-पटक गोलो अंक मा निक्षेप प्राप्त हुनु र उक्त रकम तत्कालै अर्को नयाँ वा असम्बन्धित खातामा रकमान्तर वा खर्च हुनुलाई मुख्य शङ्कास्पद संकेत मानिएको छ ।

२- लेनदेनको विवरण

बैंक स्टेटमेन्टमा प्रयोग हुने शब्दहरूले पनि क्रिप्टो कारोबारको खुलासा गर्ने गरेका छन्। २६ प्रतिशत शंकास्पद कारोबार प्रतिवेदनहरू लेनदेनको विवरणमा केही कृप्टोकरेन्सीसँग सम्बन्धित शब्दका आधारमा दर्ता भएको वित्तीय जानकारी इकाईले जनाएको छ ।

यदि कसैको बैंक विवरण वा भुक्तानी नोटमा बाइनान्स, युएसडिटी, कृप्टो, बिटकोइन, बाइबिट, मेटामास्क, हाइपर फन्ड वा पिटुपी जस्ता शब्दहरू उल्लेख भएमा त्यसलाई गम्भीर शंकास्पद संकेतका रूपमा लिइने उक्त प्रतिवेदनमा उल्लेख छ ।

३- ग्राहकको व्यवहार

ग्राहकको आचरण र उनीहरूको खातामा आउने गुनासोलाई पनि महत्त्वपूर्ण सूचक मानिएको छ। करिब ४ प्रतिशत मुद्दाहरूमा ग्राहकको खाता यस्तो रकम प्राप्त गर्न प्रयोग भएको पाइएको छ, जहाँ पैसा पठाउने व्यक्तिले आफू अनलाइन लगानी ठगी मा परेको गुनासो गरेका हुन्छन् । 

ठगी गर्नेहरूले आकर्षक प्रतिफलको लोभ देखाई पीडितलाई रकम पठाउन लगाउने र पछि त्यसलाई क्रिप्टोमा बदल्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

४- मध्यस्थकर्ताको प्रयोग 

आफ्नो पहिचान लुकाउन अपराधीहरूले ‘मनी म्युल्स’ को प्रयोग गर्ने गरेका छन्। विशेषगरी गृहणी, न्यून आय भएका व्यक्ति वा विद्यार्थीहरूको खाता प्रयोग गरी उनीहरूको आर्थिक हैसियतसँग मेल नखाने गरी उच्च दरमा र छिटो-छिटो कारोबार गर्नुलाई ‘रेड फ्ल्याग’ मानिएको छ ।
 
करिब २ प्रतिशत मुद्दाहरूमा परिवारका सदस्य वा नजिकका साथीहरूको खातालाई यसरी मध्यस्थकर्ताका रूपमा प्रयोग गरिएको भेटिएको छ ।

५- भुक्तानी उपकरणको प्रयोग

अन्तर्राष्ट्रिय भुक्तानीका लागि जारी गरिएका डलर कार्ड को दुरुपयोग भइरहेको प्रतिवेदनले देखाएको छ । ५ प्रतिशत शंकास्पद व्यक्तिहरूले यस्ता कार्डहरू प्रयोग गरी पटक-पटक क्रिप्टोकरेन्सी एक्सचेन्ज वा प्लेटफर्महरूमा भुक्तानी गर्ने गरेको पाइएको छ, जुन नेपालको कानुन विपरित हो ।

६- विभिन्न स्रोतबाट प्राप्त जानकारी

शंकास्पद कारोबार पहिचान गर्न औपचारिक प्रणाली बाहेक अन्य स्रोतको भूमिका पनि उत्तिकै छ। ३३ प्रतिशत उजुरीहरू अनौपचारिक स्रोत (इमेल वा स्क्रिनसट) वा प्रतिकूल मिडिया रिपोर्टहरूका आधारमा दर्ता भएका छन् ।
 
कुनै ग्राहकको खाता क्रिप्टो वालेट वा ट्रेडिङ एपसँग जोडिएको प्रमाण ९इमेल वा स्क्रिनसट० प्राप्त हुनुलाई इकाईले महत्त्वपूर्ण आधार मानेको छ ।

७- अन्य अपराधसँगको सम्बन्ध

भर्चुअल सम्पत्तिको कारोबार अन्य गम्भीर अपराधहरूसँग पनि जोडिएको पाइएको छ। विशेषगरी अनलाइन जुवा जसमा छिटो-छिटो साना अंकका धेरै कारोबार हुन्छन् र हुन्डी जसमा बिना कुनै वैध व्यापारिक उद्देश्य सीमापार रकम पठाइन्छ, त्यस्ता गतिविधिमा भर्चुअल सम्पत्तिको प्रयोग हुनुलाई ‘रेड फ्ल्याग को रूपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : १७ बजे

नयाँ पार्टीबारे माधव नेपालको टिप्पणी : हामीले नै जन्माएका सन्तान हुन्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत

काठमाडौँ महानगरका तत्कालीन प्रशासकीय अधिकृतले पाए सफाइ

काठमाडौं- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारले विशेष अदालतबाट

एट्लीको सुपरहिरो फिल्म ‘AA22xA6’ मा टाइगर श्राफ पनि जोडिए

काठमाडौं – शाहरुख खान अभिनीत ‘जवान’को सफलतापछि निर्देशक एट्लीले अर्को

करेन्ट लागेर एक जनाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको