एनसेलको २५० वटा नयाँ टावर विस्तार : २,२०० साइटको क्षमता अभिवृद्धि  « Khabarhub

एनसेलको २५० वटा नयाँ टावर विस्तार : २,२०० साइटको क्षमता अभिवृद्धि 


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार गर्दै गत वर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ ।

सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो ।

एनसेलका अनुसार कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानीय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरूमा पनि टावरहरू स्थापना गरिएका छन् । यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरुमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानियहरु उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।

‘अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ । पहिला भन्दा धेरै नै राम्रो भयो,’ जनकपुर उपमहानगरपालिका वडा नं. १७, मनहरपुरकी अनिशा मण्डलले भनिन् । ‘मलाई पढ्नलाई पनि मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ । कलेजको नोटिसहरू अनलाइनमा हेर्न, नोटहरू एक्सचेन्ज गर्न, नबुझेको कुरा युट्युब, च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न । फेरी दाइँहरू विदेशमा हुनुहुन्छ उहाँहरूसँग पनि रेगुलर कुरा गर्नपर्छ ।’

कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरु पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् ।  

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ४८ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको