झापा २ बाट युवा संघका नेता भण्डारीदेखि सभामुखसम्मको नाम सिफारिस « Khabarhub

झापा २ बाट युवा संघका नेता भण्डारीदेखि सभामुखसम्मको नाम सिफारिस


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले झापा निर्वाचन क्षेत्र नं. २ बाट नौ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय समन्वय कमिटी झापा–२ को बैठकले अनुभव, पुस्ता र पृष्ठभूमिको विविधता समेट्दै नाम सिफारिस गरेपछि यस क्षेत्रमा राजनीतिक चासो बढेको छ।

सिफारिस सूचीमा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री अग्नि खरेल, केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रप्रकाश ओली, एमाले लेखा आयोग सदस्य तथा शिक्षाविद् उमानाथ ओली, कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्की, राष्ट्रिय युवा सङ्घका निवर्तमान सचिव पर्वतराज भण्डारी र अखिल नेपाल महिला सङ्घ झापाकी पूर्वअध्यक्ष पवित्रा पाठक छन्।

एमालेले झापा–२ मा अनुभवी नेतृत्व, युवा सहभागिता र महिला प्रतिनिधित्वलाई सन्तुलनमा राख्दै उम्मेदवार सिफारिस गरेको जनाएको छ।

बलियो आधार क्षेत्र मानिने झापा–२ मा एमालेले कमजोर उम्मेदवार नउतार्ने रणनीति लिएको देखिन्छ। उम्मेदवार जो बने पनि पार्टी जितका लागि सबै एकढिक्का भएर लाग्ने एमाले नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : २१ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक