काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।
आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
आज सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.३० स्टान्डर्ड चाटर्ड बैंक लिमिटेड डिबेञ्चरको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सबै समूहको उपसूचक भने सकारात्मक बन्न पुगेको छ ।














प्रतिक्रिया