चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस् « Khabarhub

चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस्


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पाकिस्तान र चीनले अफगानिस्तानको भूमि कुनै पनि अर्को देशविरुद्ध ‘आतंकवादी गतिविधि’का लागि प्रयोग हुनु नहुने बताएका छन्।

पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय रणनीतिक वार्ताको सातौँ चरण सम्पन्न भएपछि सोमबार संयुक्त वक्तव्य जारी गरिएको हो।

यस बैठकका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डार बेइजिङ गएका थिए।

वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा बनेका अफगानिस्तानमा रहेका सबै आतंकवादी समूहलाई पूर्ण रूपमा समाप्त गर्न अझ स्पष्ट कदम चाल्नुपर्नेमा जोड दिएका छन्।’

संयुक्त वक्तव्यमा दुवै देशले अफगानिस्तानको विषयमा नजिकको सम्पर्क र समन्वय कायम राख्ने पनि बताएका छन्।

वक्तव्यमा पाकिस्तानले ‘एक चीन’ सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको छ । ताइवान चीनको अभिन्न भूभाग भएको उल्लेख गरिएको पनि वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ३२ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको