बंगलादेशमा आईपीएल प्रसारण गर्न प्रतिबन्ध « Khabarhub

बंगलादेशमा आईपीएल प्रसारण गर्न प्रतिबन्ध


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेश सरकारले देशमा इन्डियन प्रिमियर लीग (आईपीएल) को प्रसारणमा रोक लगाएको छ।

सूचना तथा प्रसारण मन्त्रालयले सोमबार यसबारे निर्देशन जारी गर्दै आईपीएल प्रसारणमा रोक लगाएको जनाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २६ मार्चबाट सुरू हुने आईपीएलमा बंगलादेशका क्रिकेटर मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) बाट बाहिर पठाएको थियो ।

मन्त्रालयले बीसीसीआईको यस निर्णयमा कुनै ठोस वा तार्किक कारण थिएन । यो निर्णय बंगलादेशका जनताका लागि अपमानजनक, दुर्भाग्यपूर्ण र निन्दनीय रहेको मन्त्रालयले जनाएको छ।

त्यसैले अर्को निर्देशन नआउँदासम्म आईपीएलका सबै खेलको प्रचार, प्रसारण र पुनःप्रसारण रोक्न आदेश दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि ४ जनवरी आइतबार बंगलादेश क्रिकेट बोर्डले टी-२० विश्वकप खेल्न आफ्नो टीम भारतमा पठाउने अस्वीकार गरेको थियो । यसका साथै बीसीबीले आफ्नो खेल श्रीलंका खेलाउन पनि आईसीसीलाई भनेको थियो ।

मुस्तफिजुरलाई आईपीएलमा निषेध

कोलकाता नाइट राइडर्सले ३ जनवरीमा मुस्तफिजुर रहमानलाई टीमबाट हटाएको थियो। बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूमाथि हिंसा भइरहेको अवस्थामा उनलाई टोलीबाट हटाउन माग उठेको थियो।

त्यसपछि बीसीसीआईले केकेआरलाई रहमानलाई टोलीबाट हटाउन निर्देशन दिएको थियो। पछिल्ला १६ दिनमा बंगलादेशमा चारजना हिन्दूको हत्या भइसकेको छ।

पाकिस्तान पनि नखेल्ने

टी-२० विश्वकपमा पाकिस्तानले आफ्ना खेलहरू पहिले नै श्रीलंका सारिसकेको छ। भारत–पाकिस्तान बीच राजनीतिक विवादका कारण यी दुई टीमले एकअर्काको देशमा क्रिकेट खेल्दैनन्।

भारतले गत वर्ष च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो। अब पाकिस्तान पनि भारतमा टी-२० विश्वकपको खेल खेल्ने छैन।

भारत–पाकिस्तान खेलसमेत श्रीलंकाको कोलम्बोमा आयोजना हुनेछ। यदि बंगलादेशका खेल पनि श्रीलंका सारिए अन्य टोलीसँग पनि यही नियम लागु हुनेछ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : ०८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर