विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक « Khabarhub

विभाजनको आशंकाबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभाजनको आशंकाबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपरको सानेपामा सोमबार दिउँसो सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो यो बैठक सुरू भएको हो । बैठकमा आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुने एक नेताले बताएका छन् ।

अर्कातिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेका लागि डाकेको विशेष महाधिवेशनलाई लिएर पनि कुरा हुँदैछ ।

सभापति शेरबहादुर देउवाले यसअघिको कार्यसम्पादन समिति बैठकमार्फत् विशेष महाधिवेशनलाई खारेज गरिसकेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् देउवाले आगामी वैशाख २८ गतेदेखि नियमित पन्ध्रौँ महाधिवेशनको निर्णय गराइसकेका छन् ।

तर उता महामन्त्रीद्वयले कुनै हालतमा विशेष महाधिवेशन हुने अडान राखेका छन् । उनीहरुले पार्टी विधानको धारा १७ (२) अनुसार विधान महाधिवेशन बाध्यकारी रहेको अडान राखेसँगै कार्यसम्पादन समिति बसेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : ५४ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण