काठमाडौं- विभाजनको आशंकाबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपरको सानेपामा सोमबार दिउँसो सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो यो बैठक सुरू भएको हो । बैठकमा आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुने एक नेताले बताएका छन् ।
अर्कातिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेका लागि डाकेको विशेष महाधिवेशनलाई लिएर पनि कुरा हुँदैछ ।
सभापति शेरबहादुर देउवाले यसअघिको कार्यसम्पादन समिति बैठकमार्फत् विशेष महाधिवेशनलाई खारेज गरिसकेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् देउवाले आगामी वैशाख २८ गतेदेखि नियमित पन्ध्रौँ महाधिवेशनको निर्णय गराइसकेका छन् ।
तर उता महामन्त्रीद्वयले कुनै हालतमा विशेष महाधिवेशन हुने अडान राखेका छन् । उनीहरुले पार्टी विधानको धारा १७ (२) अनुसार विधान महाधिवेशन बाध्यकारी रहेको अडान राखेसँगै कार्यसम्पादन समिति बसेको हो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया