जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु « Khabarhub

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका बचत हिनामिना भएको गुनासो व्यापक बढेको छ । 

केहि दिनदेखि सहकारी मोटो रकम हिनामिना तथा अपचलन गरेको शेयर सदस्य बचत कर्ताले सतहमा ल्याएसँगै अहिले व्यवस्थापकलाई  कारबाही गर्दै सहकारीले हिनामिना भएको १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ असुल गर्न लागेको छ ।

गत पुस १५ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाको हालसम्मको कुल दायित्व १२ करोड ६० लाख हाराहारीमा रहेको छ ।

उक्त साधारण सभाको वार्षिक प्रतिवेदनमै हिनामिना तथा अपचलन भएको रकम १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँलाई आर्थिक वर्ष २०८१/०८३ को लेखापरीक्षण प्रतिवेदनमा कर्मचारीबाट पाउनुपर्ने हिसाबमा बेरुजु रकम राखिएपछि सदस्यहरूले चासो संस्थाको बचत तथा ऋण लगानी पारदर्शी नभएको भन्दै सहकारीको सञ्चालक र कर्मचारी प्रति प्रश्न गर्दै हिनामिना रकम तत्काल असुल गर्नुपर्ने माग गरिरहेका छन् ।

गल्ती गर्ने कर्मचारीलाई कारबाहीसहित अपचलन रकम असुल गर्छौ : पुर्वअध्यक्ष खड्का

यता संस्थाका निवर्तमान अध्यक्ष डम्बर खड्काले सहकारीमा देखिएको समस्यालाई तत्काल समाधान गरेर संस्थालाई पारदर्शी ढंगले सञ्चालन गरिने बताए ।

अध्यक्ष खड्काले यस अघि ४ खाता मार्फत बचत तथा ऋणको आर्थिक कारोबार गर्दै आएको संस्थालाई सफ्टवेयर सिस्टममा लगिएको र सफ्टवेयरले १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँलाई असुल गर्नुपर्ने तथा पाउनुपर्ने हिसाबमा राखेपछि अहिले उक्त रकम संस्थाका व्यवस्थापकबाट उठाउने र उनलाई तत्काल कारबाही गर्ने बताए ।

व्यवस्थापक यामबहादुर खड्काले नमिलेको हिसाब तथा उक्त रकम तिर्ने एक विज्ञप्ति मार्फत जानकारी गराइसकेको हुँदा सोमबार दिउँसो सञ्चालक समितिको आकस्मिक बैठक बसेर सोमबार नै व्यवस्थापक खड्कालाई कारबाही गरेर पाउनुपर्ने हिसाबको सबै रकम असुल गरिने बताए ।

कुल ३ हजार दुई शेयर सदस्य आबद्ध रहेको फेदीको जनकल्याण बहुउद्देश्यीय बचत ऋण सहकारी संस्थाको गत असारमा मसान्तसम्मको कुल पुँजी १२ करोड ६० लाख बराबर रहेको छ ।

३ दिन भित्र समस्या समाधान गर्दै प्रतिवेदन पठाउन वडाको निर्देशन 

वैतेशर गाउँपालिका वडा नम्बर-८ संस्थामा देखिएको समस्या ३ दिन भित्र समाधान गरेर वडालाई प्रतिवेदन सहितको जानकारी गराउन निर्देशन दिएको छ ।

आइतबार वडाले संस्थालाई पत्र काट्दै संस्थाको आर्थिक गतिविधिमा सदस्यले सामाजिक सञ्जाल मार्फत संस्थाको आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदनको अनुसूची ११ धरौटी तथा पाउनुपर्ने हिसाब आव २०८२ असार मसान्तको विवरणमा पाउनुपर्ने हिसाब (कर्मचारीबाट) बुँदामा स्पष्ट नभएको भन्ने सदस्यहरूले व्यापक गुनासो गरिरहेकाले पाउनुपर्ने हिसाब कसको दायित्वमा रहेको हो ? स्पष्ट र जिम्मेवारी खुल्ने गरी प्रतिवेदन सहित ३ दिन भित्र वडा कार्यालयलाई जानकारी गराउन वडाले निर्देशन दिएको छ । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३२ बजे

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर