आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी « Khabarhub

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

देवदह– आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । 
    
कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार संकलन गरेको हो । 

कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए । 

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : २८ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको