राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता « Khabarhub

राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ८ सिटमा दाबी गरेको छ।

उक्त निर्वाचनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी दुवैसँग समानान्तर संवाद रहेको कांग्रेसले तालमेल गर्दा १८ मध्ये ८ सिट दाबी गरेको हो ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनको सम्भावित तालमेलबारे ब्रिफिङ गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले राष्ट्रिय सभा निर्वाचनको तयारीबारे जानकारी गराउँदै सबै दलसँग तालमेलबारे कुरा भइरहेको खुलाएका हुन् ।

एकजना कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले सानेपामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अन्य दलसँग तालमेलका लागि कांग्रेसलाई ८ सिट चाहिने कुरा कार्यवाहक सभापति खड्काले राखेको बताइन् ।

तत्कालीन अवस्थामा महासमिति सदस्यहरूले अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने भने पनि राष्ट्रियसभाका हकमा त्यो लागु नहुने कुरा खड्काले बैठकमा बताएका थिए ।

अहिले राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले एमाले र नेकपा र जनता समाजवादी पार्टीसँग संवाद गरिरहेको छ। अहिले कांग्रेसकोतर्फबाट कार्यवाहक सभापति खड्का र नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक वार्तामा छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रिय सभाका लागि महासमिति बैठकले गठबन्धन नगर्ने नभनेको उल्लेख गरे । ‘राष्ट्रियसभामा तालमेल नगरी परिणाम आउँदैन। हाम्रो बलियो पकड भएकाले सम्भावना पनि धेरै छ । तालमेल नगरेको अवस्थामा अप्ठ्यारो हुन्छ’, उनले भने, ‘अन्य दलसँगको सहकार्यबारे नेतृत्व तहमा कुरा भइरहेको छ। भोलिसम्म निष्कर्ष आउन सक्छ ।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४६ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा